सर्वोच्चद्वारा यादवमाथि गौर हत्याकाण्ड छानबिन गरी कारबाही गर्न आदेश

0
Quantam abroad studies

काठमाडौँ — सर्वोच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि १९ वर्ष पुरानो रौतहटको गौर हत्याकाण्डको छानबिन गरी कारबाही गर्न आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटका लागि परमादेश जारी गरेको छ।

उक्त हत्याकाण्ड २०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिलमा भएको थियो, जहाँ तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीले संयुक्त कार्यक्रम आयोजना गर्दा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो। पीडित परिवारले जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका थिए, तर कारबाही नभएपछि सर्वोच्चमा रिट दायर गरिएको थियो।

sahani furniture udyog

पीडितको तर्फबाट त्रिभुवन साहले रिट दायर गरेका हुन्। यसअघि प्राप्त प्रतिवेदन र पुनः अनुसन्धानको आधारमा दोषीमाथि मुद्दा दर्ता गर्न अदालतले आदेश दिएको हो। विपक्षीको रूपमा रौतहट प्रहरी, सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयलाई राखिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.