
काठमाडौं, भदौ – नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शुक्रबार दिउँसो भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ।
लैनचौरस्थित दूतावास अगाडि गरिएको सो प्रदर्शन चीन र भारतले नेपाली भूभाग अतिक्रमण गरी व्यापारिक नाका खोलेको घटनाविरुद्ध भएको अखिल क्रान्तिकारीका महासचिव रोशन थापा मगरले जानकारी दिए।
उनका अनुसार संगठनको विदेश विभागले आयोजना गरेको प्रदर्शनमा केन्द्रीय उपाध्यक्ष उमेश कँडेल, विराज थापा लगायत करिब ५० जना विद्यार्थी नेता–कार्यकर्ताको सहभागिता थियो।

यस्तै, दुई छिमेकी मुलुकले नेपाली भूभाग मिचेको विरोधमा अन्य विद्यार्थी संगठनहरूले आजै माइतीघरमा संयुक्त प्रदर्शन गर्ने योजना बनाएको भए पनि भीषण वर्षाका कारण कार्यक्रम स्थगित भएको थापा मगरले बताए। उनका अनुसार स्थगित भएको सो संयुक्त कार्यक्रम निकट भविष्यमै छलफलमार्फत पुनः तय गरिनेछ।
