लुम्बिनी प्रदेशले रोक्का जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय

0
Quantam abroad studies

लुम्बिनी, भदौ ९ — लुम्बिनी प्रदेश सरकारले राजधानी क्षेत्रभित्र रोक्का राखिएका निजी जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय गरेको छ ।

आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा रोक्का राखिएका जग्गा फुकुवाका लागि सङ्घीय सरकारसँग सिफारिश गर्ने निर्णय गरेको हो ।

प्रदेश राजधानी घोषणाअघि २०७७ साल असोज १६ गते सरकारले ती क्षेत्रका जग्गा रोक्का गर्ने निर्णय गरेको थियो ।

sahani furniture udyog

आजको निर्णयअनुसार—

  • राप्ती गाउँपालिकाका सम्पूर्ण वडागढवा गाउँपालिका वडा नं. १, २ र ३ मा १ कट्ठाभन्दा सानो क्षेत्रफलमा कित्ताकाट गर्न पाइने छैन ।
  • शीतगङ्गा नगरपालिका वडा नं. ८ र ९ मा भने १ रोपनीभन्दा सानो जग्गा कित्ताकाट गर्न रोक हुनेछ ।
  • जग्गा खरिदकर्ताले एकीकरण आयोजनासम्बन्धी शर्तहरू पालना गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस निर्णयले लामो समयदेखि रोक्का कारण जग्गा खरिद–विक्रीमा समस्या भोग्दै आएका स्थानीयलाई केही सहज हुने अपेक्षा गरिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.