आशिका तामाङलाई पाँच दिन कैद र जरिवाना

0
Quantam abroad studies

भक्तपुर जिल्ला अदालतले सामाजिक अभियन्ता आशिका तामाङलाई पाँच दिन कैद सजायसहित पाँच सय रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।

साँगास्थित झोलुङ्गे पुल तरेको शुल्क २० रुपैयाँ लिने नियमविरुद्ध गरेको विरोध प्रकरणमा न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङ र शरण तिरूवालाई समान सजाय सुनाएको हो।

त्यस्तै, उनीहरूले आठ हजार ३०० रुपैयाँ क्षतिपूर्ति पनि तिर्नुपर्ने अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन्।

sahani furniture udyog

तामाङले पुल शुल्कको विरोध गर्दै कर्मचारीबाट रसिद खोसेर जलाएको घटनापछि आपराधिक उपद्रव मुद्दा दर्ता गरिएको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.