
ताजा समाचार – कपिलवस्तु
कपिलवस्तु नगरपालिका–१० पचेहरा हाट बजार अगाडि रहेको ४ नं तौलिहवा सडक खण्डमा बम विष्फोट भएको छ ।
विष्फोटका कारण सडकमा ठूलो खाल्डो परेको छ भने स्थानीयहरू त्रसित भएका छन्। हालसम्म क्षतिको विवरण आएको छैन तर घटनास्थल वरपर सर्वसाधारणलाई आवतजावत नगर्न आग्रह गरिएको छ।

सुरक्षा निकाय घटनास्थलमा पुगेका छन् र विस्तृत अनुसन्धान सुरु गरिएको छ।
