
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जेनजी आन्दोलनका क्रममा हालसम्म मृत्यु हुनेको संख्या ५१ पुगेको औपचारिक जानकारी दिएका छन्।
उनका अनुसार मृतकमध्ये काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरू मात्र नभई अन्य जिल्लाहरूमा पनि मृत्यु भएको तथ्याङ्क समावेश गरिएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमध्ये तीन जना प्रहरी स्वयं सेवामा खटिएका बेला ज्यान गुमाएका छन्। त्यस्तै, एक भारतीय महिला पनि आन्दोलनकै क्रममा परेर ज्यान गुमाएकी पुष्टि भएको छ।

मृतकहरूको पहिचान तथा विवरण संकलनको कार्य भइरहेको र सम्पूर्ण तथ्याङ्कलाई यथाशीघ्र सार्वजनिक गरिने प्रवक्ता घिमिरेले बताए।
देशभर ठूलो जनधनको क्षति निम्त्याएको छ, जसमा ५१ जनाले ज्यान गुमाइसकेका छन् भने घाइतेहरूको संख्या अझै धेरै रहेको बताइन्छ।
