सरकारको भुक्तानी प्रणाली सञ्चालनमा, दशैँअघि कर्मचारीलाई तलब–भत्ता

0
Quantam abroad studies

काठमाडौं – नेपाल सरकारले आजदेखि भुक्तानी र राजस्व सङ्कलनको प्रणाली पुनः सञ्चालनमा ल्याएको छ। अर्थ मन्त्रालयका अनुसार अब सरकारको ढुकुटीमार्फत भुक्तानी प्रक्रिया सहज रूपमा अघि बढ्ने भएको छ।

सरकारी भुक्तानी प्रणाली सञ्चालनमा आएसँगै कर्मचारीहरूले दशैँअघि नै तलब–भत्ता प्राप्त गर्ने भएका छन्। मन्त्रालयले आवश्यक अनिवार्य दायित्व पूरा गर्न पर्याप्त रकम उपलब्ध रहेको बताएको छ। यस अन्तर्गत तलब–भत्ता तथा सामाजिक सुरक्षासम्बन्धी भुक्तानी प्राथमिकतामा रहनेछ।

यस्तै, राजस्व सङ्कलन कार्य पनि पुनः सुरू भइसकेको छ। धेरैजसो भन्सार विन्दु सञ्चालनमा आइसकेका छन् भने पूर्ण क्षति भएका केही आन्तरिक राजस्व कार्यालयमा भने अझै काम सुरू गर्न बाँकी छ।

sahani furniture udyog

‘जेन–जी’ आन्दोलनका क्रममा अर्थ मन्त्रालय मातहतका १४ आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा तोडफोड भएको थियो। तर, मन्त्रालयको सानो भवन बाहेक अन्य संरचना सुरक्षित रहेको र काम क्रमशः सामान्य अवस्थामा फर्किँदै गएको मन्त्रालयले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.