आगजनीले कुरुप बनेका संरचनालाई दशैँअघि नै रङरोगन गरेर नयाँ स्वरूप दिइने

0
Quantam abroad studies

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरुप बनेका संरचनालाई दशैँअघि नै रङरोगन गरेर नयाँ स्वरूप दिने तयारी थालिएको बताएका छन् ।

मन्त्रालयको पदभार सम्हालेपछि पहिलो सम्बोधन गर्दै उनले तत्काल रंगरोगन गर्ने कार्य अघि बढाइने र त्यसपछि फर्निचर तथा आवश्यक सामग्री व्यवस्थापनमा ध्यान दिइने बताए ।

उनका अनुसार आगजनीबाट क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणका लागि विशेष कोष खडा गरिनेछ र त्यसमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई योगदान दिन अपिल गरिनेछ ।

sahani furniture udyog

“आर्थिक स्रोत जुटाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती हो । तर हामी आफैंले आफ्ना संरचना बनाउन सक्छौं भन्ने सन्देश दिन विभिन्न सहयोगी पक्षसँग पनि सहकार्य गर्नेछौं,” मन्त्री घिसिङले भने, “एक साताभित्र पुनर्निर्माणको खाका तयार गरी तत्कालै काम सुरु गर्नेछौं ।”

उनले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्धन र शान्ति–सुरक्षा कायम गर्नु अहिलेको अर्को चुनौती भएको उल्लेख गर्दै त्यसका लागि सबैको सहकार्य आवश्यक हुने बताए ।

सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले क्षति मूल्याङ्कन गर्ने कार्य सुरु भइसकेको जनाउँदै पुनर्निर्माणमा स्थानीय र प्रदेश सरकारसँग घनिष्ठ समन्वय गरिने जानकारी दिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.