लागुऔषधसहित ३ जना पक्राउ

0
Quantam abroad studies

दोलखाको भिमेश्वर नगरपालिका–३ चरिकोट बजारमा लागु औषध सहित तीन जना व्यक्ति पक्राउ परेका छन्। 

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको प्रहरी टोलीले बैतेश्वर गाउँपालिका–७ का ३५ वर्षीय सुन्दर प्रकाश खड्का, मेलुङ गाउँपालिका–२ का २१ वर्षीय रूद्र बहादुर कार्की, र भिमेश्वर नगरपालिका–३ का २६ वर्षीय निरज खड्कालाई पक्राउ गरेको हो। 

sahani furniture udyog

प्रहरीका अनुसार पक्राउ परेकाहरू लागु औषध खरिद–बिक्री तथा वितरण कार्यमा संलग्न रहेको सूचनाको आधारमा छापा मारिएको थियो। तलासीका क्रममा उनीहरूबाट टर्माडोल हाइड्रोक्लोराइड क्याप्सुल आइ पि ५०एमजि,थ्रोमा -५० लेखिएको १९१ वटा क्याप्सुल, तीन थान मोबाइल फोन र नगद रु. २,५०० बरामद गरिएको छ। 

बरामद सामग्रीसहित उनीहरूलाई नियन्त्रणमा लिएर लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा  जिल्ला अदालत दोलखाबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको  छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.