प्रधानसेनापति सिग्देल भोलि कपिलवस्तुमा आउँदै

0
Quantam abroad studies

प्रधानसेनापति अशोकराज सिग्देल भोलि बुधबार आफ्नो जन्मस्थान कपिलवस्तु आउँदैछन्। उनी शुद्धोधन गाउँपालिका–१ अनराठमा सैनिक कल्याणकारी कोषबाट निर्माण गरिएको मन्दिर उद्घाटन गर्न लागेका हुन्।

सिग्देल आजै बुटवल पुगेका छन् र भोलि बिहान ८ बजे मन्दिर उद्घाटन कार्यक्रम तय गरिएको छ। तत्कालीन पतरिया गाविसका स्थायी बासिन्दा सिग्देलका परिवार अहिले पनि त्यहीं बसोबास गर्छन्। उनका दिवंगत पिता विश्वराज सिग्देल समाजसेवी व्यक्तित्वका रूपमा चिनिन्थे।

sahani furniture udyog

नारायण दल गण गोरुसिंगेका प्रमुख सेनानी विदुरध्वज अधिकारीका अनुसार सेनापतिको भ्रमण नितान्त पारिवारिक तथा व्यक्तिगत स्वरूपको हो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.