भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित ४० किलो गाँजासहित युवक पक्राउ

0
Quantam abroad studies

सुनसरी— भारतीय नम्बर प्लेटको मोटरसाइकलमार्फत गाँजा तस्करी गर्दै गरेका एक युवक सुनसरीमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको गस्ती टोलीले बिहीबार राति बराहक्षेत्र नगरपालिका–३ नडाहा चोक नजिक पुगेका बेला युवकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गस्तीमा रहेका टोलीलाई चेकजाँचका क्रममा भारतीय नम्बर प्लेट बीआर–११ बीएफ–०१८९ नम्बरको मोटरसाइकल शंकास्पद देखिएपछि रोकेर तलासी लिँदा पछाडि राखिएका दुई बोरा भित्र करीब ४० किलोग्राम गाँजा फेला परेको हो।

गस्ती टोली अस्थायी प्रहरी चौकी नडाहाबाट प्रहरी निरीक्षक (प्रसनि) जिवनाथ भट्टको नेतृत्वमा खटिएको थियो। गाँजा बरामद गरिएको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवस कुवरले पक्राउ परेका व्यक्तिको परिचय सप्तरी, राजविराज नगरपालिका–२ निवासी १८ वर्षीय लालदेव रजक रहेको जानकारी दिए।

sahani furniture udyog

प्रहरीले मोटरसाइकल र बरामद गाँजा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। कुवरका अनुसार सीमा क्षेत्रमा बढ्दै गएको अवैध लागूऔषध तस्करी रोकथामका लागि चेकजाँच थप कडाइका साथ जारी राखिने छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.