बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षमा निधन

0
Quantam abroad studies

भारतीय सिनेमाका जीवित दन्त्यकथा मानिने वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार निधन भएको छ। दिउँसो करिब १ बजे आफ्नै निवासमा अन्तिम सास लिएका धर्मेन्द्र केही दिनदेखि अस्वस्थ रहेर उपचाररत थिए।

नोभेम्बर १० मा स्वास्थ्य समस्या बढेपछि उनलाई ब्रीच क्यान्डी अस्पताल भर्ना गरिएको थियो। दुई दिन भेन्टिलेटरमा राखिएको उनी नोभेम्बर १२ मा डिस्चार्ज भए पनि अवस्थाले सुधार पाउन सकेन। यसअघि नोभेम्बर ११ मा निधनको हल्ला फैलिएको थियो, जसलाई पत्नी हेमा मालिनी र छोरी ईशा देओलले कडा रूपमा खारेज गरेका थिए।

sahani furniture udyog

उनको वास्तविक निधनको पुष्टि भएपछि बलिउडमा ठूलो शोक छाएको छ। एबिपी न्यूजका अनुसार अमिताभ बच्चनदेखि अभिषेक बच्चनसम्मका कलाकारहरू श्मशानघाट पुगेर धर्मेन्द्रलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।

निर्देशक करण जोहरले पनि सामाजिक सञ्जालमार्फत धर्मेन्द्रप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै भारतीय चलचित्र क्षेत्र आज एक महान कलाकारविहीन भएको टिप्पणी गरेका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.