मानवअधिकार आयोगद्वारा पूर्वप्रधानमन्त्री ओलीसँग बयान

0
Quantam abroad studies

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय मानवअधिकार आयोगले बयान लिन सुरु गरेको छ।

sahani furniture udyog

जेनजी आन्दोलनका घटनाबारे छानबिनका क्रममा आयोगले विभिन्न व्यक्तिहरूसँग बयान संकलन गरिरहेको छ। आन्दोलनका बेला भएका झडप र दमनका कारण ७६ जनाको ज्यान गएको थियो।

घटनालगत्तै राष्ट्रिय मानवअधिकार आयोगले सरकारी पक्षबाट अत्यधिक बल प्रयोग भएको र आन्दोलन नियन्त्रणका क्रममा राज्यले गम्भीर लापरबाही गरेको निष्कर्ष सार्वजनिक गरेको थियो। सोही विषयमा थप तथ्य र जिम्मेवारी निर्धारणका लागि आयोगले सम्बन्धित उच्च तहका व्यक्तिहरूसँग बयान लिने प्रक्रिया अघि बढाएको जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.