रास्वपाको बृहत्तर एकता भोलि, राष्ट्रियसभा गृहमा औपचारिक घोषणा

0
Quantam abroad studies

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि सोमबार बृहत्तर एकता घोषणा सभा आयोजना गर्ने भएको छ। पार्टीले आइतबार जारी गरेको विज्ञप्तिअनुसार भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा गरिनेछ।

यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति जुटाइसकेको थियो। भोलि हुने सभामार्फत सो सहमतिलाई औपचारिक रूप दिँदै एकता प्रक्रियालाई पूर्णता दिने तयारी गरिएको पार्टीले जनाएको छ।

sahani furniture udyog

एकता घोषणा सभाबाट आगामी राजनीतिक कार्यदिशा, प्राथमिकता र भावी रणनीतिबारे समेत स्पष्ट सन्देश दिने रास्वपाको भनाइ छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.