धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने व्यक्ति वा समूहलाई कडा कारबाही गरिने

0
Quantam abroad studies

काठमाडौं । सरकारले धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याउने स्पष्ट संकेत गरेको छ। गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन, प्रदेश र पालिकाबीच समन्वय बढाएर अवस्था बिग्रन नदिने निर्णय गरेको हो।

बैठकमा विभिन्न धार्मिक समुदाय लक्षित भ्रामक र आपत्तिजनक सामाजिक सञ्जाल गतिविधिबारे छलफल भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द कोइरालाले जानकारी दिए। धार्मिक गतिविधिबारे थप छलफल गर्न आज मानवअधिकार आयोग, अन्य संवैधानिक निकाय र सुरक्षा निकायसहितको बैठक बस्ने निर्णयसमेत गरिएको छ।

sahani furniture udyog

यसैगरी, निर्वाचन सुरक्षाका लागि सुरक्षा निकायले गरेका तयारी र आवश्यक समन्वयबारे समीक्षा गरिएको छ। साथै, नवयुवा आन्दोलनपछि फरार रहेका कैदीबन्दी पक्राउ अभियानलाई तीव्र बनाउने विषयमा पनि सुरक्षा निकायलाई थप सक्रिय बनाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.