देशभर पश्चिमी वायुको प्रभाव, तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

0
Quantam abroad studies

काठमाण्डौ – तराई–मधेशका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित बनेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश क्षेत्रमा बिहानैदेखि लागेको हुस्सु र कुहिरो दिउँसोसम्म पनि कायम रहने सम्भावना छ।

हुस्सु र कुहिरोका कारण दैनिक जनजीवनसँगै पर्यटन गतिविधि, स्वास्थ्य अवस्था तथा हवाई र सडक यातायातमा आंशिक असर पर्ने महाशाखाले जनाएको छ। त्यसैले यात्रामा निस्कँदा तथा बाहिरी गतिविधि गर्दा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

लगातारको बाक्लो हुस्सु र कुहिरोले विशेष गरी विपन्न वर्ग र मजदुरहरू बढी प्रभावित भएका छन्। चिसो बढेसँगै बालबालिका र वृद्धवृद्धामा रुघाखोकी तथा अन्य स्वास्थ्य समस्या देखिन थालेको छ।

sahani furniture udyog

महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा मौसम आंशिक बदली रहे पनि अन्य भू–भागमा भने मौसम सामान्यतया सफा नै रहेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.