आमाको नामबाट बाँकेमा पहिलो पटक नागरिकता प्रदान

0
Quantam abroad studies

जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरेको छ। नेपालगन्ज उपमहानगरपालिका–८ का २४ वर्षीय मोहन गोडीयालाई वंशजका आधारमा आमाको नामबाट नागरिकता दिइएको हो।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन र नियमावलीको संशोधित व्यवस्था बमोजिम ४६ वर्षीया आमा मायाकुमारी गोडीयाको नामबाट नागरिकता प्रदान गर्नुभएको हो।

sahani furniture udyog

नागरिकता पाएपछि गोडीयाले आफूले राज्यको पहिचान पाएको अनुभूति भएको बताए। लामो समयदेखि खेलकुदमा सक्रिय रहँदा कागजात अभावका कारण अवसर गुमाउनुपरेको उल्लेख गर्दै अब जीवनको ठूलो बाधा हटेको उनले बताए।

प्रजिअ तामाङले संविधानअनुसार नागरिकको पहिचान सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउँदै नागरिकता सेवा सहज, पारदर्शी र नागरिकमैत्री बनाइँदै आएको जानकारी दिए। जिल्ला प्रशासन कार्यालय बाँकेले नागरिकका समस्या तत्काल समाधान गर्ने नीति लिएको जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.