जनताको बलमा परिवर्तनको उद्घोषक

0
Quantam abroad studies

 कपिलवस्तु , माघ २३

विजयनगरमा नेकपा चुनाव प्रचार कार्यालय उद्घाटन भएको छ । कपिलवस्तु प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं. ३ अन्तर्गत विजयनगर गाउँपालिका–जगदीशपुरमा आज नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधि सभा सदस्य प्रत्याशी एहसान अहमद खाँले चुनाव प्रचार–प्रसार कार्यालयको उद्घाटन गर्दै जनविरोधी राजनीति र अवसरवादविरुद्ध कडा राजनीतिक सन्देश दिनुभएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रत्याशी खाँले वर्षौंदेखि कपिलवस्तु क्षेत्र ३ लाई पछाडि धकेल्ने विभेदकारी, दलाली र सत्तालोलुप प्रवृत्तिमाथि तीव्र प्रहार गर्नुभयो। उहाँले  “जनताको नाममा सत्ता भोग्ने तर जनताको दुःख नदेख्नेहरूकै कारण आज कपिलवस्तु विकास, रोजगारी र आधारभूत सेवाबाट वञ्चित भएको बताउदै अब यो अवस्था बदल्नुपर्ने र चुनाव व्यक्ति होइन, व्यवस्था सुधार्ने संघर्ष रहेको बताउनुभयो।”

खाँले शिक्षा, स्वास्थ्य, रोजगारी र किसान–मजदुरका सवाललाई आफ्नो प्रमुख राजनीतिक एजेण्डा बनाउँदै थप्नुभयो “सत्ता र पहुँचको दुरुपयोग गर्नेहरूलाई जनताको अदालतबाट उत्तरदायी बनाइनेछ। अब भाषण होइन, काम गर्ने नेतृत्व चाहिएको छ। कपिलवस्तु क्षेत्र ३ का जनताको आवाज संसदसम्म पुर्‍याउने जिम्मा म आफैं लिन्छु।”

sahani furniture udyog

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य राउफ मुसलमान, नेता राजेन्द्र आचार्यलगायत नेताहरूले वर्तमान व्यवस्थामा देखिएको भ्रष्टाचार, असमानता र जनविरोधी नीतिको अन्त्यका लागि एकताबद्ध संघर्ष आवश्यक रहेको धारणा राख्दै प्रत्याशी खाँको नेतृत्वलाई मजबुत बनाउन आह्वान गरे । उद्घाटन कार्यक्रममा स्थानीय जनसमुदाय, युवा, किसान र मजदुरहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले पुरानो निराशाजनक राजनीतिक प्रवृत्तिविरुद्ध निर्णायक परिवर्तनको चाहना व्यक्त गर्दै तारा चिन्हमा मतदान गरी जनमुखी नेतृत्वलाई विजयी गराउने प्रतिबद्धता जनाएका छन्।

कार्यालय उद्घाटनसँगै नेकपाले कपिलवस्तु क्षेत्र ३ मा घर–घर, टोल–टोल पुगेर जनसमस्याको प्रत्यक्ष सुन्ने र समाधानको राजनीतिक कार्यक्रमलाई तीव्र बनाउने जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.