भारतमा खरबुजा खाएपछि एकै परिवारका चार जनाको मृत्यु

0
Quantam abroad studies

भारतको मुम्बई बाट एउटा डरलाग्दो घटना सार्वजनिक भएको छ, जहाँ खरबुजा खाएपछि एउटै परिवारका चार जनाको ज्यान गएको छ।

रिपोर्टअनुसार परिवारले साँझमा बिरयानी खाएपछि घरमै रहेको खरबुजा खाएका थिए। केही घण्टामै उनीहरूमा बान्ता र पखाला सुरु भयो। अवस्था चाँडै गम्भीर बन्दै गएपछि अस्पताल लगिए पनि चिकित्सकहरूले कसैलाई बचाउन सकेनन्।

घटनापछि गर्मीयाममा लोकप्रिय फल खरबुजा को सुरक्षाबारे फेरि प्रश्न उठेको छ। विज्ञहरूका अनुसार समस्या फलमा नभई यसको सरसफाइ र भण्डारणमा हुन्छ। जमिनमा फल्ने भएकाले यसको बाहिरी भागमा माटो र कीटाणु टाँसिने जोखिम रहन्छ, जसमा साल्मोनेला, ई–कोलाई र लिस्टेरिया जस्ता जीवाणु हुन सक्छन्।

sahani furniture udyog

फोहोर चक्कुले काट्दा वा राम्रोसँग नधोइ खाँदा यी जीवाणु भित्रसम्म पुग्न सक्छन्। काटिएको फल तातोमा राख्दा अझ छिटो संक्रमण फैलिन सक्छ।

विशेषज्ञहरूका अनुसार खाद्य विषाक्तताका लक्षणमा बान्ता, पखाला, पेट दुखाइ, ज्वरो र अत्यधिक कमजोरी देखिन्छ। बालबालिका, वृद्ध र कमजोर प्रतिरक्षा भएका व्यक्तिमा जोखिम अझ बढी हुन्छ।

डाक्टरहरूले खरबुजा खानुअघि राम्रोसँग धुने, सडक किनारमा काटिएका फल नखाने, काटिसकेपछि तुरुन्त फ्रिजमा राख्ने र २४–४८ घण्टाभित्र खाने सुझाव दिएका छन्। साथै, सधैं सफा चक्कु र काट्ने बोर्ड प्रयोग गर्न पनि आग्रह गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.