२२ बौद्ध भिक्षु लागूऔषधसहित विमानस्थलमाबाट पक्राउ

0
Quantam abroad studies

श्रीलंका मा एक चकित पार्ने घटनामा २२ जना बौद्ध भिक्षु लागूऔषधसहित पक्राउ परेका छन्। राजधानी कोलम्बो स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचका क्रममा उनीहरूको सामानबाट करिब ११० केजी गाँजा बरामद गरिएको अधिकारीहरूले जनाएका छन्।

भन्सार अधिकारीका अनुसार प्रत्येक भिक्षुको झोलामा करिब ५ केजीका दरले ‘कुश’ गाँजा सूटकेसको ‘फाल्स वाल’ भित्र लुकाएर राखिएको थियो। बीबीसी का अनुसार पक्राउ परेकामध्ये अधिकांश विद्यार्थी भिक्षु हुन्, जो थाइल्याण्ड बाट फर्किरहेका थिए।

प्रहरीका अनुसार यस प्रकरणको योजनाकार २३औँ भिक्षु रहेको र उनलाई पछि कोलम्बो नजिकैबाट पक्राउ गरिएको छ। उनले अन्य भिक्षुलाई झोलामा रहेका सामग्री ‘दान’ भएको भन्दै एयरपोर्टबाट बाहिरिएपछि लिन आउने बताएको खुलेको छ।

sahani furniture udyog

बरामद गाँजाको मूल्य करिब ३४ लाख डलर आँकलन गरिएको छ। घटनामा संलग्न सबै २२ भिक्षुलाई अदालतमा पेश गरी ७ दिनको न्यायिक हिरासतमा पठाइएको छ। प्रहरीले केही भिक्षुहरूलाई आफूले बोकेको वस्तुबारे जानकारी नभएको हुन सक्ने आशंका पनि गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.