
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले सडक अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाएको छ । नगरपालिकाले फुटपाथ खाली गराउन बुधबार डोजर प्रयोग गरेको छ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी रहेको यस नगर क्षेत्रमा पैदलयात्रीलाई सहज आवागमन गराउने उद्देश्यले सडक किनारमा बनाइएका फुटपाथमा गरिएको अतिक्रमण हटाइएको नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले बताइन् ।
केही समयदेखि सडक छेउमा अनधिकृत रूपमा पसल, ठेला तथा संरचना राखेर फुटपाथ ओगट्ने क्रम बढ्दै गएको र देशभर नै खाली बनाउन थलेपछि नगरपालिकाले सूचना जारी गरेको थियो । सूचनाको समय सकिएपछि डोजर चलाइएको बताइएको छ । पाचौँ दिनसम्म नगरका मुख्य सडकको सडकपेटी खाली गराउने र अन्य धुलो रहेको क्षेत्रमा व्यवस्थापनको काम भइरहेको उनले बताइन् ।

nabil
लुम्बिनी पुग्ने पैदलयात्री एवं पर्यटकहरूलाई अब सहजता हुने अपेक्षा गरिएको कार्यवाहक नगरप्रमुख हरिजनले बताइन् ।
अभियानका क्रममा नगरप्रहरी, प्राविधिक टोली तथा स्थानीय प्रशासनको सहभागिता रहेको थियो ।
नगरपालिकाले आगामी दिनमा पनि सार्वजनिक स्थलको संरक्षण तथा व्यवस्थापनका लागि यस्ता अभियान निरन्तर सञ्चालन गर्ने जनाएको छ । नयाँ लेखनशैलीमा समाचार
