भैरहवास्थित क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

0
Quantam abroad studies

भैरहवामा सञ्चालन भइरहेको एक क्यासिनोमा नेपाली नागरिकले अवैध रूपमा जुवा खेलिरहेको सूचनापछि प्रहरीले मंगलबार राति आकस्मिक छापा मार्दा म्यानेजरसहित १९ जना पक्राउ परेका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको गौतमबुद्ध इन्टरनेसनल होटलभित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोली पुगेको थियो। चेकजाँचका क्रममा नेपालीहरू क्यासिनोभित्र जुवा खेलिरहेको फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जुवा खेलाउने ४ जना र खेलिरहेका १५ जना छन्। घटनास्थलबाट ९५ हजार ५ सय रुपैयाँ नगद, १७ वटा मोबाइल फोन तथा २ सय थान क्यासिनो क्वाइन बरामद गरिएको छ।

sahani furniture udyog

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दले पक्राउ परेकामध्ये अधिकांश रुपन्देहीका रहेको जानकारी दिए। बाँकी व्यक्तिहरू काठमाडौँ, ललितपुर, गुल्मी र पर्साका रहेका छन्।

नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश तथा जुवा खेल्न कानूनी रोक रहेको अवस्थामा भैरहवाको चर्चित क्यासिनोमै नेपालीहरू भेटिनु सुरक्षा निकायका लागि चासोको विषय बनेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.