भारतको बिहार राज्यमा अलपत्र ६ नेपाली बालबालिका उद्धार

0
Quantam abroad studies

भारतको बिहार राज्यमा विभिन्न प्रलोभनमा पारेर जोखिमपूर्ण अवस्थामा राखिएका ६ जना नेपाली बालबालिकाको उद्धार गरिएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था किन इन्डिया को समन्वयमा उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको हो ।

उद्धार गरिएका बालबालिकालाई अहिले सुरक्षित संरक्षणमा राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने तयारी भइरहेको ‘किन इन्डिया’का कार्यकारी निर्देशक नविन जोशी ले जानकारी दिएका छन् ।

उद्धार अभियानमा संलग्न टोलीका अनुसार बालबालिका फरक–फरक घटनामार्फत भारत पुगेका थिए । उनीहरूलाई कसरी र किन त्यहाँ पुर्‍याइयो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

sahani furniture udyog

उद्धार गरिएका ६ जनामध्ये चार जना कोशी प्रदेशका रहेको बताइएको छ । नेपाल फर्किएपछि उनीहरूलाई मनोसामाजिक परामर्श, संरक्षण तथा आवश्यक सहयोग उपलब्ध गराएर परिवारको जिम्मा लगाइने तयारी गरिएको छ । विशेषगरी कोशी प्रदेशका बालबालिकालाई मोरङमा पुनःस्थापना प्रक्रियामा लैजाने योजना बनाइएको छ ।

बालबालिका जोखिमपूर्ण अवस्थामा पुगेको घटनाले सीमापार मानव बेचबिखन, बाल संरक्षण तथा अभिभावकीय सचेतनाको विषय फेरि गम्भीर रूपमा उठाएको सरोकारवालाहरूले बताएका छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.