पेट्रोलमा २० रुपैयाको मुल्य वृद्धि भएर आएपनि नेपालमा नबढ्ने, निगमलाई १५ दिनमै ३ अर्ब बढी घाटा

0
Quantam abroad studies

काठमाडौँ , असोज १४

 इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढेर आए पनि नेपाल आयल निगमले हाललाई उपभोक्ता मूल्य यथावत राख्ने (नबढाउने) निर्णय गरेको छ।

निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यास सबैको खरिद लागत वृद्धि भएर आएको छ।

भारतबाट बढेर आएको नयाँ मूल्यसूची यस प्रकार छ:

 पेट्रोल: प्रतिलिटर रु. २०.४४ ले वृद्धि

sahani furniture udyog

 डिजेल: प्रतिलिटर रु. २०.२१ ले वृद्धि

 हवाई इन्धन: प्रतिलिटर रु. १८.६६ ले वृद्धि

 मट्टीतेल: प्रतिलिटर रु. १५.९६ ले वृद्धि

 एलपी ग्यास: प्रतिसिलिन्डर रु. ८१.३२ ले वृद्धि

भारतबाट सबैजसो इन्धनको खरिद मूल्य बढेर आए पनि निगमले आन्तरिक बजारमा भने मूल्य नबढाउने निर्णय गरेको हो। यद्यपि, उपभोक्तालाई पुरानै मूल्यमा इन्धन बिक्री गर्दा निगमले ठूलो आर्थिक भार खेप्नुपर्ने भएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.