कांग्रेस देउवा समूहद्वारा समानान्तर वडा अधिवेशन सुरु, ५६ जिल्लामा खटाइयो संयोजक

0
Quantam abroad studies

काठमाडौं, असोज १५

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चुलिँदै जाँदा पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि समानान्तर रूपमा वडा अधिवेशन सुरु गरेको छ।


कांग्रेसको संस्थापन पक्षले आगामी असोज १८ गतेदेखि १५औँ महाधिवेशनको तयारी गरिरहेका बेला इतर समूह देउवा पक्षले पनि छुट्टै अधिवेशन प्रक्रिया थालेको हो। वडा अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न देउवा पक्षले देशका ५६ जिल्लामा निर्वाचन संयोजक खटाएको छ। देउवा समूहले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियालाई अस्वीकार गर्दै आएको छ। सोही कारण उसले संस्थापन पक्षको प्रक्रियामा सहभागी नभई समानान्तर तालिका सार्वजनिक गरेको हो।

sahani furniture udyog


देउवा पक्षले तय गरेको कार्यतालिका अनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गरिनेछ। त्यसैगरी, आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने निर्णय देउवा समूहले गरेको छ।

दुवै पक्षले आ-आफ्नो महाधिवेशन तालिका अनुसार गतिविधि अघि बढाएपछि नेपाली कांग्रेसभित्र समानान्तर संरचना र प्रतिस्पर्धाको स्थिति सिर्जना भएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.