फिल्म निर्माताबाट हल मालिक बन्दै दीपकराज

0
Quantam abroad studies

काठमाडौं, १४ कात्तिक
टेलिफिल्म तीतो-सत्य हुँदै फिल्म निर्माण तथा अभिनयमा सफल मानिएका कलाकार हुन्, दीपकराज गिरी । ६ एकान ६ , वडा नम्बर ६ सँगै छक्का पञ्जा सिरिजमा दीपकले दर्शकको माया पाइरहेका छन् । नेपालको विग निर्मातामा दीपक पर्छन् । प्राय: फिल्म प्रदर्शनको समयमा उनले वितरक र हल संचालकले नेपाली फिल्मका निर्माताहरूलाई पाखा लगाउने गरेको गुनासो गर्ने गरेका छन् ।

विदेशी फिल्ममा मनग्य पैसा लगानी गरे तापनि नेपाली फिल्मलाई प्रदर्शनमा समेत वितरकले नसघाउने गुनासो उनको हुन्थ्यो । यिनै दीपक केही समय अगाडि फिल्म वितरण कम्पनी एफडीसँग जोडिएका थिए । अब उनी हल संचालक पनि बन्ने भएका छन् । उनले आफ्ना साथीहरूसँगको सहकार्यमा नयाँ बानेश्वरमा हल संचालनमा ल्याउँदै छन् । यसै वर्षदेखि संचालनमा ल्याउने तयारीका साथ काम भइरहेको दीपकले बताउँदै आएका छन् ।

sahani furniture udyog

निर्माता हुँदा उठाउने आवाज अब उनले उठाउलान् त ? भन्ने जिज्ञासा हुनु स्वाभाविक नै हो । दीपक भने आफूले सदैव कलाकार र निर्माताका लागि बोल्ने बताउँछन् । ‘म पहिला कलाकार हुँ, त्यसपछि निर्माता, वितरक र हल संचालक हुँदै छु । मेरो आवाज कलाकार र निर्माताका लागि सदैव उठ्छ । यसमा दुई मत नै छैन’, दीपकले भने । गत शुक्रबार एक हलको उद्घाटनका लागि पुगेका दीपकले आफूलाई कलाकार भन्दा खुसी लाग्ने बताए ।

कोरोना भाइरसपछिको समयमा अब निर्माता, वितरक र प्रदर्शकले आपसी सहकार्य गरेर मात्र नेपाली फिल्म पहिलेको स्थानमा पुग्ने उनको बुझाइ छ । ‘यो समय आन्तरिक प्रतिस्पर्धाको होइन, हामीले सहकार्य गर्न नसके त्यसको असर हामीलाई नै पर्छ’, उनी भन्छन्, ‘अब दर्शकलाई हल सुरक्षित रहेको संदेश पुर्‍याएर हलसम्म ल्याउन लाग्नुको विकल्प छैन ।’ दीपकले हाललाई नेपाली बजार सुहाउँदो फिल्म दर्शकमाझ ल्याउनुपर्नेमा जोड दिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.