
उत्तमकुमार थापा , बझाङ
जालेबगरमा आज देखि डाईभर्सनकाे काम सञ्चालन भएको छ । विगत केही समय अगाडि आएको अविरल बर्षाले बझाङ जिल्लामा ठुलाे क्षेती पुर्याएकाे छ ।
लामाे समय देखि आएकाे अविरल बर्षाले जयपृथ्वी राजमार्ग अन्तरगत तमैल नजिकै रहेकाे जाले बगरमा सेती नदिले सडक भत्काउदा ठुलाे क्षेति भएको थियाे । सडक यसरी ४ सय मिटर भत्किए पछि तमैल देखि चैनपुरमा सवारीसाधन सञ्चालन हुन सकेको छैनन ।
विगत केही समय देखि अवरुद्ध भएको सडक सञ्चालन गर्न निकै कठिन परेकाे थियाे । पुरै सेती नदि नै डाईभर्सन गर्नुपर्ने भएको छ । यता आमबगर बासि पनि चिन्तामा परेका छन । हिजाे जिल्लामा बसेकाे सर्वदलीय बैठकले आमबगर लाई बचाउन सबैले लाग्ने भन्ने निर्णय भए सँगै आज प्रमुख जिल्ला अधिकारी माेहन अधिकारी नेता चेतराज बजाल लगाएत विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधिहरु नेता तथा समाजसेवी दलबहादुर बिष्ट कृष्ण सुरक्षा निकाय प्रमुख लगाएतकाे टाेलीले आमबगर बासि सँग अन्तरक्रिया कार्यक्रम गर्दै उहाँकाे गाउँ बचाउन सबैले पहल गर्ने भन्दै स्थानीयहरुकाे माग समाधान हुने भए पछि आज बाट काम सञ्चालन भएको हाे ।

सडक डिभिजन कार्यालय बैतडीको बजेट मार्फत निर्माण ब्यावसायी दलबहादुर बिष्ट किष्णले डाेजर लगाउदै काम सञ्चालन भएको हाे । बिष्टले भने,याे काम छिटोभन्दा छिटो सम्पन्न हुन्छ सडक चाडै सञ्चालनमा आउन्छ म आफै कार्यस्थलमा आउन्छु । जनता मार्मा नपरुन र यता सडक सञ्चालनमा आवस त्यसै बिच प्रमुख जिल्ला अधिकारी माेहन अधिकारीले भने,जालेवगरकाे काम सुरु भएको छ ।
बिकासमा सबैले हातेमालो गर्नु पर्छ ,डाईभर्सनकाे काम सञ्चालन हुदा हामी निकै खुसि छाै । आमवगर वासीन्दाकाे समस्याको समाधान गर्न सबैले पहल गर्नु पर्छ आशा छ चाडै सडक सञ्चालन हुँदै महङ्गी घट्छ । यात्रुले सहजै सेवा पाउन्छन ।


