घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं” नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्धाघटन

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ ।“घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजना तथा माइती नेपाल, आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात,सुआहारा दोस्रो , नेपाल प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको थियो ।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका नि.प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षतामा दिप प्रज्व्लन गरि उद्घाटन गरिएको थियो कार्यक्रममा कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख युमा उपाध्याय,विभिन्न संघ सस्थाको उपस्थिती रहेको थियो । कार्यक्रमा शसस्त्र प्रहरी ,नेपाल प्रहरिको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा ईश्वरी प्रसाद पौडेल ले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न ब्यक्तिहरुले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सबैको साझा अभियान भएको कारण सबैलाई यो अभियानमा सहयोग गर्न कृष्णनगर नगरपालिका का नि. प्रशासकीय अधिकृत चन्द्र राम चौधरीले बताउनु भयो ।

sahani furniture udyog

कार्यक्रममा माइती नेपालका कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तव , पत्रकार, समाजसेवी, जनप्रतिनिधि, कर्मचारी लगायत अन्यको उपस्थित रहेको थियोl कार्यक्रममा कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्याय ले सन्चालन गर्नु भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.