नगर प्रमुख शाह द्वारा पर्यटकीय पूर्वाधार निर्माण तथा भन्सार क्षेत्र विकासका लागि आयोजना माग

0
Quantam abroad studies

कपिलवस्तु/कृष्णानगर
जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह ले शहरी विकास तथा भवन निर्माण विभाग संग कृष्णनगरमा पर्यटकीय पूर्वाधार निर्माण , भन्सार क्षेत्र विकास तथा बजार सुन्दरीकरणका लागि आयोजना सवीकृत गर्न माग गरेका छन् l

उक्त पत्रमा लुम्बिनी प्रदेश कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका जिल्लाको दक्षिण पश्चिम भारत संग जोडिएको कृष्णनगर बजार यस नगरपालिकाको सबैभन्दा पुरानो बजार रहेको अवगत गराउदै नगरपालिका को सिमा देखि लगभग २०० मिटर पर भारतको बढ्नी रेल्वेस्टेशन रहेको र भारतको राजधानी नयाँ दिल्ली पुग्न रेलबाट १०-११ घण्टा लाग्ने कुरा दर्शाइएको छ l

sahani furniture udyog

नेपाल घुम्न आउने पर्यटकको लागि पर्यटकीय पूर्वाधार नरहेको कृष्णनगर नगरपालिकामा पर्यटकीय पूर्वाधार निर्माण, बजार सुन्दरीकरण तथा धेरै राजस्व संकलन हुने कृष्णनगर भन्सार क्षेत्र विस्तार तथा सुन्दरीकरण गर्न आवस्यक आयोजना स्वीकृत गर्न नगर प्रमुख शाहको हस्ताक्षरित पत्र सहित आयोजना माग गरिएको छ l

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.