अपाङ्गता भएका ब्याक्तिलाई कम्मल बितरण तथा सम्मान कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

त्तमकुमार थापा , बझाङ
अपांगता भएका व्याक्तिहरुलाई कम्मल बितरण सहित सम्मान गरिएको छ ।

आज बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिका वडा नम्बर एक देखि ११ वडामा रहेका अपांगता भएका व्याक्तिहरुलाइ कम्मल वितरण गरिएको हाे । सदरमुकाम चैनपुरमा एक कार्यक्रमका बिच ११० वटा तातो कम्मल बितरण गरिए थियाे । जयपृथ्वी नगरपालिकाकाे आर्थिक सहयाेग र प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालकाे व्याक्तिगत सहयाेगमा कम्मल वितरण गरिएको सचिव पदम रावलले बताउनुभयो ।

sahani furniture udyog

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका सिडियाे बाबुराम अर्यालले व्याक्तिगत रुपमा १० वटा कम्मल अपांगहरुलाई सहयाेग गर्नु भएको हाे । कार्यक्रममा जयपृथ्वी अपांग सुरक्षा सञ्जालका अध्यक्ष बर्मदत्त जाेशीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,बिशिस्ट अतिथि डिएसपी ज्ञान बहादुर बिष्ट सशस्त्र डिएसपी सुदिप डाेढारी लगाएतकाे उपस्थिति रहेको थियाे ।

कार्यक्रम सञ्चालन भने अपांग सञ्जालका सचिव पदम रावलले गर्नुभएको थियाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.