रोल्पाको थवाङमा चौथो नागरिक आरोग्य सेवा केन्द्रको स्थापना ।

0
Quantam abroad studies

एसएमन्युज संवाददाता
रोल्पा, १८ फाल्गुण

संघीय सरकारको वार्षिक नीति तथा कार्यक्रम अनुसार “निरोगी नेपाल निर्माण अभियान” अन्र्तगत रोल्पा आर्युवेद स्वास्थ्य केन्द्रको आयोजना तथा थवाङ गाँउपालिकाको समन्यवमा जिल्लामा चोथौ नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । जिल्लाको थवाङ गाँउपालिकामा केन्द्रको मंगलवार स्थापना गरिएको हो ।

सेवा केन्द्रको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा थवाङ गाँउपालिकाको अध्यक्ष विर बहादुर घर्तीले ‘सेवा केन्द्रले स्थानियलाई योग र आर्युवेदिक उपचार पद्धतिबाट रोग निको पार्न सकिने आफुले विश्वास लिएको बताए ।

sahani furniture udyog

स्वास्थ्य केन्द्रका प्रमुख डा. आलोक कुमार पाण्डेयले दैनिक व्यायाम र स्वस्थ्य जिवनशैली अवलम्बन गरी आयुर्वेद लगायत बैकल्पिक उपचार पद्धतिबाट रोग निर्मुल पार्ने योजना अन्तर्गत संघिय सरकारले यो अभियान संचालनमा ल्याएको र सेवाग्राहीहरुको स्वास्थ्य प्रवर्धन भई दीर्घायु जीवन यापनमा मद्यत पुग्नेमा आफु विश्वस्त रहेको बताए ।

डा. पाण्डेयले नेपाल सरकारबाट उपलब्ध हुने विभिन्न प्रकारका औषधि निशुल्क वितरण गराइने तथा पुर्वाधारहरुको निमार्ण पश्चात, जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रमा भएका थेरापी पद्धति लगायतका सेवा आरोग्य केन्द्रबाट दिन सकिने विचार राखेका थिए ।

उक्त कार्यक्रममा जापानी नागरिक तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा. रियुकिची इसिदाको उपस्थिति रहेको थियो । सेवा केन्द्र स्थापानाको लागि उनको विशेष योगदान रहेको त्यहाँका स्थानियको भनाई थियो ।

रोल्पा आर्युवेद स्वास्थ्य केन्द्रका प्रमुख डा. आलोक कुमार पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा वैद्य निरिक्षक जनक खनालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन थवाङ गाँउपालिकाको स्वास्थ्य संयोजक तुल बहादुर पुनले गरेका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.