गाैशालामा गाै संरक्षणकाे लागि चाेकर सहित नगद सहयोग

0
Quantam abroad studies

धनी राम काेरी , कपिलवस्तु , चैत १३
कपिलवस्तु काे बुद्धभुमि नगरपालिका वडा नं ७ भित्र हिन्दु युवा शक्ति कपिलवस्तु , महाकाल सामाजिक संस्था र नेपाल विश्व हिन्दु महासंघको सहकार्यमा निर्माण भइरहेको गाैशाला भित्र रहेकाे गाइगोरुकाे संरक्षणका लागि चाेकर सहित नगद सहयोग गर्नु भएको छ।

नाग नागिन खाद्य उद्योग पिपरी परासीका प्रमुख सुरेश कुमार माैर्य र फुड्स कम्पनी मणिग्रामका प्रमुख गाेविन्द गाेयन्का संयुक्त रुपमा गाै संरक्षणकाे लागि ५० बाेरा चाेकर सहित २० हजार नगद माधव पाण्डेयकाे हात बाट गाैशालामै पुगेर हस्तान्तरण गर्नु भएको छ ।

sahani furniture udyog

गाैशाला निर्माणकाे सुरुवाती समय देखि पुर्ण रुपले जिम्मेवारी निभाउदै अाउनु भएको र गाैशाला निर्माणमा महत्त्वपूर्ण याेगदान रहेका हिन्दु युवा शक्ति कपिलवस्तुका अध्यक्ष फागुराम पाण्डेयले सहयोगीहरुलाइ धन्यवाद दिदै गौ संरक्षण जस्तो पुन्यकाममा सबै मिलेर लाग्नु पर्ने बताउनु भएको छ ।

सहयोगदाताले हाल दिइएको चाेकर हाल गाइहरुलाई खुवाउनलाइ सहयोग गरेको र सिधिनु भन्दा ३ दिन पहिले हामीलाई जानकारी गराए हामीले पुन चाेकर लगायत हाम्रो तर्फबाट के सहयोग गर्दा राम्रो हुन्छ त्यो सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.