विद्युत ट्रान्सफर्मर चोरीका घटना बढदै, कर्मचारीको मिलेमतो हुन सक्ने आशंका

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु
कपिलवस्तुमा विद्युत ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन् । गत तीन महिनाभित्र मात्र ११ वटा सिँचाई योजनाका विद्युत ट्रान्सफर्मर चोरी भएको छ ।

यस्तै गत राती कृष्णनगर नगरपालिकाको वड़ा नम्बर ३ लक्ष्मीनगरको किसान जल उपभोक्ता समितिले सिँचाई योजनाको लागि लगाएको विद्युत ट्रान्सफर्मर चोरी भएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुकदेव पौडेलले बताए । उपभोक्ता समितिका एक पदाधिकारीका अनुसार विद्युत ट्रान्सफर्मर जडान हुने बित्तिकै ट्रान्सफर्मरलाई आइरन बेल्डिङ गर्नका लागि सम्बन्धित निकायलाई जानकारी गरे पनि बेवास्ता गरेको बताएका छन् । तर ट्रान्सफर्मरलाई बिना वेल्डिंग, नट–बोल्टको भरमा छोडेको अवस्थामा चोरी भएको उनले बताए ।

sahani furniture udyog

नेपाल विद्युत प्राधिकरण तथा वितरण केन्द्र कृष्णनगर प्रमुख कमर आलम खाँले सिँचाई योजनाका उपभोक्ता समितिले अधिकांश ट्रान्सफर्मर टाढा खेतबारी र सुनसान ठाउँमा लगाएको हुनाले ट्रान्सफर्मर चोरी हुने गरेको बताए ।

सिँचाई योजनाका ट्रान्सफर्मरलाई उक्त योजनाकार उपभोक्ता समितिको माध्यमले सञ्चालन भएकोले ट्रान्सफर्मरलाई चोरी नियन्त्रण गर्नका लागि गाउँ, घरको वरिपरि सड़क किनारमा जडानको लागि अधिकांश उपभोक्ता समितिका पदाधिकारीहरुलाई अनुरोधसमेत गरिएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.