
शहबाज खान , कपिलवस्तु
निर्वाचन आयोगले वैशाख ३० गते स्थानिए चुनाव घोषणा गरेपछि स्थानिय चुनावमा भाग लिने उम्मेदवारहरु राजनितीक समाजिक गतिविधीहरुमा तिव्रताका साथ ग्रामीण क्षेत्रमा घर दैलों गरि जनता फकाउने काममा लागेका छन।
यस्तै नेकपा माओवादी केन्द्रबाट स्थानिय चुनावमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तथा पछिल्लो प्रदेशसभाको चुनावमा कपिलवस्तु क्षेत्र ३ ख बाट उम्मेदवारी दिई लगभग २७५ भोट बाट उपबिजेता रहेका जावेद आलम खां यसपालि स्थानिए चुनावमा कृष्णानगर नगरपालिकाबाट नगरप्रमुखको प्रत्याशीको दावेदारी गरेपछि कृष्णानगर नगरपालिकाको मेयर पदको राजनितीक माहोल तातेको छ ।

कृष्णानगर नगरपालिका नगरप्रमुख प्रत्याशी जावेद आलम खां वर्षौ देखि जनताको बिचमा रही जनताको हक हितको लागि लडदै तथा जनताको सुख दुखमा सहभागी भई जनता बीच लोकप्रिय बनेको स्थानिए जनताहरु बताउदै छन।
जावेद आलम खांले नेकपा माओवादी केन्द्रलाई कृष्णानगर क्षेत्रमा अन्य राजनितिक दलहरु भन्दा बलियो बनाएका छन।
कृष्णानगर क्षेत्रका तानाशाह प्रवृतिका राजनितीक व्यक्तिहरुको विपक्षमा उभी सदैव तानाशाह प्रवृत्तिको विरोध गर्दै आएका जावेद आलम खांले जनताले गरेको आग्रहको सम्मान गर्दै यो पालिको स्थानिय चुनावमा नगरप्रमुख पद प्रत्याशी बनेका प्रहलाद यादव बताएका छन।
निष्पक्ष तथा सफल राजनिती गर्दै आएका जावेद आलम खांले यदि यसपालिको चुनावमा जनताले मेरो साथ दियो भने म कृष्णनगरको मुहार फेरेर देखाउने तथा कृष्णनगरका तानाशाह प्रवृतिका राजनितीको अन्त गरी सबैको साथ कृष्णनगरको विकास गरेर देखाउने प्रतिबद्धता जनाउनु भयो।
आफु कुनै पदमा नहुदा पनि कृष्णानगर क्षेत्रको विकासको लागि प्रदेश तथा केन्द्रबाट करोडौ वजेटको मांग गरि कृष्णनगरको विकास गरेको खाले दाबी गरेका छन् ।
