
बझाङ – आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै मतदाताहरुलाई मतपत्रमा कसरी मतदान गर्ने भन्ने बारे शिक्षा दिन थालिएको छ ।
युएन डिपिको सहयोग तथा रास्ट्रिय दलित नेटवर्क नेपालको आयोजनामा बझाङ जिल्लाको जयपृथिवी नगरपालिका र थलारा गाउँपालिका का वडाहरुमा दलित समुदायका ५०० सय जना मतदातालाई नमुना मतदान सम्वन्धि शिक्षा दिईएकाे भएको छ ।
युएन डिपिको सहयोग तथा राष्ट्रिय दलित नेटवर्क नेपालको आयोजनामा बझाङ जिल्लाका लागि निर्वाचन प्रकृया, मतदाता शिक्षा र नमुना मतदान बारे यस अघि नै धनगढीमा स्वमंसेवकलाई अभिमुखिकरण कार्यक्रम गरेर प्रशिक्षण गरिएको थियो । जिल्लाका यी दुई नगरपालिका भित्रका दलित समुदायका मतदातालाई घरमै पुगेर मतदाता शिक्षा दिईरहेको मतदाता शिक्षा अभियानका स्वंयम सेवक सुरेश नेपाली ले बताएका छन् ।


आमागी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलित समुदायका मतदातालाई निर्वाचन प्रक्रिया, मतदाता शिक्षा, नमुना मतदाताका बारेमा जानकारी गराईएको स्वंम सेवक विकले बताएका छन् ।
उनका अनुसार मतपत्रमा कसरी स्वस्तिक छाप लगाउने र निर्वाचनमा बदर मतको संख्यामा कमि गर्न दलित समुदायका गाउँगाउँमा पुगेर बैशाख १७ गतेसम्म ४ सय जना मतदातालाई नमुना मतदान सम्वन्धि शिक्षा दिईएकाे छ ।
