को हुन् अज११३ औं जन्म जयन्ती मनाइएका भवानी भिक्षु ?

0
Quantam abroad studies

कपिलवस्तु , जेष्ठ २१
जिल्लाको कपिलवस्तु नगरपालिकाको गोटिहवामा गाउँमा जन्मेका भवानी भिक्षुको वास्तविक नाम नोहर राम गुप्ता हो । १९६५ जेष्ठ २१ गतेका दिन जन्मेका भवानी भिक्षुका बुबा इन्द्र प्रसाद गुप्ता र आमा यशोधा देवी कलवार गुप्ता हुन् ।

उहाँ ४ बर्षको उमेरमा गम्भीर बिरामी परेपछि उहाँको आमा बुबाले गाउँमा देवी संग आफ्नो छोरालाइ निको पार्न भाकल गर्नु भएको थियो । उहाँ निको भएसंगै उहाँको नाम परिवर्तन गरि देवी दुर्गाको आर्को नाम भवानी राखिएको थियो ।

उहाँले आफ्नै गाउँमा कक्षा ४ सम्म अध्यन गरि बाकी पढाई भारतमा गर्नु भएको थियोे । उहाँ भारतमा आफ्नो पढाई सकिएपछि पुन नेपालमा आइ जागिर गर्न थाल्नु भयो ।
जागीर संगै उहाँले कविता कथा लेख्नमा समेत लाग्नु भयो । उहाँको लेख्नमा रहेको रुचिले उहाँलाइ बिस्तारै साहित्यकारको रुपमा स्थापित गर्दै एउटा नयाँ पहिचान दियो ।

उहाँ लेख्नलाइ निरंतरता दिदै शारदा म्यागजिनको सम्पादक बन्नु भयो साथै रोयल नेपाल एकेडेमीमा समेत काम गर्नु भएको थियो । उहाँले आफ्नो साहित्यिक यात्रामा एक दर्जन किताब समेत प्रकासित गर्नु भयो । उहाँका किताबहरुमा कविता संग्रह , नोबल , कथाहरु रहेका थिए । २०३२ सालमा उहाँको नोबेल आघातले निकै लोकप्रियता हासिल गर्‍यो । सोही नोबेल आघात का लागी उहाँले चर्चित मदन पुरस्कार समेत हासिल गर्नु भयो । उहाँले नेपाली साहित्य क्षेत्रमा दिएको योगदानको लागी साझ पुरस्कार , त्रिभुवन प्रज्ञा पुरस्कारबाट समेत सम्मानित हुनु भएको थियो ।

sahani furniture udyog

उहाँले आफ्नो जिवनमा दुइ पटक बिहे गर्नु भयो तर दुबै बिवाहा सफल हुन सकेन । २०३८ बैशाख ४ गते भवानी भिक्षुको निधन भएको थियो । हाल उहाँको सम्मान र सम्झनामा कपिलवस्तु नगरपालिकामा एक चोकको नाम भवानी भिक्षु राख्दै सालिक समेत स्थापित गरिएको छ ।

आज उहाँको ११३ औं जन्म जयन्ती थियो । भवानी भिक्षु स्थित उहाँको सालिकमा उहाँको बंशज , साहित्यकार , जनप्रतिनिधि , पत्रकार , कर्मचारी लगायतले मालार्पण गर्दै ११३ औं जन्म जयन्ती मनाएका छन् ।

यसैगरी भवानी भिक्षुको स्मृतिमा भवानी भिक्षु स्मृति पुरस्कार स्थापन गरिएको छ । यस बर्ष सो पुरस्कार तौलिहवा कि कबियत्री शकुन्तला ज्ञवाली पौडेललाइ प्रदान गरिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.