खानेपानीको मुहान मा माछा मारेपछि हुप्सेकोट मा पानीको समस्या ।

0
Quantam abroad studies

प्रिय धन , वैशाख ९
झिसमिसे बिहानै मा फोन आयो ” लौन हजुर हाम्रो धारामा पानी सानो आयो ,हेर्न आइदिनु पर्यो “
देउराली सोतिखोला खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका प्राविधिक प्रमुख खुमलाल पाण्डे लाई हरेक दिन जसो प्रायः यस्तै फोन आउने गर्छ । नेपाल सरकारले गत चैत्र ११ गते देखि लक डाउन लागू गरेपनि देउराली सोतिखोला खानेपानीका कर्मचारीलाई भने कुनै खालको लकडाउन छैन। सधैं जसो धारामा पानी बनाइदिन आउनु पर्यो भने पछि पुगी हाल्नुपर्ने ।
मंगलबार बिहानै धारामा पानी सानो आयो भन्ने फोन का आधारमा उहाँ हुप्सेकोट ३ बेलहानि बाट वडा नम्बर ४ डिहि मा जानुभयो तर धारामा समस्या केही थिएन । समस्या रहेछ मुहान मा ।देउराली सोतिखोला खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानी ल्याउने गरेको मुहान पत्थर खोला को मुहान मा विगत केही दिन देखि अज्ञात समूहले मार्न थालेका छन् । रातको ११/१२ बजे तिर गएर ढडिया थाप्ने र बिहानपख ३/४ बजे नै गएर निकाल्ने प्रवृत्तिले खानेपानीको समस्या भएको प्राविधिक प्रमुख खूमलाल पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार ती माछा मार्ने व्यक्तिले खानेपानीको पाइप समेत काटिदिएका छन् ।

sahani furniture udyog

पछिल्लो समय लक डाउन मा मानिसहरूको आवत जावत रोकिएपछि यस्तो समस्या देखिएको देउराली सोतिखोला खानेपानी तथा सरसफाई उपभोक्ता संस्था का अध्यक्ष मेक बहादुर पुलामीले बताउनुभयो । ” खानेपानीमा असर पार्ने तरिकाले माछा मार्ने काम भएको छ यदि , हामी खोजी गर्दैछौं , कसले हो भन्ने थाहा पाइएमा कडा भन्दा कडा कारबाही गरिने छ ” अध्यक्ष पुलामीले बताउनुभयो ।

साथै गर्मी समयमा खानेपानीको समस्या देखिन सक्ने भएकाले अनावश्यक पानीको प्रयोग नगरिदुनुहुन पनि पुलामीले आग्रह गर्नुभएको छ । संस्था मा हाल करिब ३ हजार वटा धारा जडित छन् । साबिक देउराली गाविस अन्तरगतका २,३,४,५ र ६ नम्बर वडाका नागरिकहरुले यस संस्थाको पिउनेपानी प्रयोग गर्दै आएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.