तौलिहवामा पार्किङस्थल , सार्बजनिक शौचालय र प्रतीक्षालय यथाशीघ्र निर्माण गरिने – मेयर पौडेल

कपिलवस्तु , असार १९
कपिलवस्तु नगरपालिकामा आर्थिक बर्ष ०७८/०७९ को तेस्रो सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा पाकिला भित्र रहेको सभाहलमा सो कार्यक्रम संचालन भएको थियो ।
कार्यक्रममा उपस्थित पालिकाका सेवाग्राहीले पालिका भित्रका विभिन्न प्रश्नहरुको उठान गरेका थिए भने पालिकाका मेयर सुदिप पौडेल र प्रशासकीय अधिकृत शेषकान्त पौडेलले सबै प्रश्नहरुको जवाफ दिएका थिए ।
दृस्ठि बिभिनका लागी स्थानीय तहमै ब्रेन लिपिको तालिम , साहित्य क्षेत्रलाइ प्रोत्साहन गर्न बजेट , तौलिहवाका लगायत पालिकाका सडकमा जथाभावी निर्माण समाग्री थन्किएको र तौलिहवा भित्र रहेको पार्किङ समस्या , शैक्षिक क्षेत्रको समस्या , सरसफाइ लगायत विषयमा पालिकाका सेवाग्राहीले प्रश्न उठान गरेका थिए ।
यस्तै कपिलवस्तु नगरपालिका वडा नं. ३ निवासी कमलेश शुक्लले छाडा पशु चौपाया ब्यवस्थापनमा पालिकाको भुमिका माथी प्रश्न चिन्ह खडा गरेका थिए । यस्तै वडा ३ निवासी अजय सहानीले तौलिहवा भित्र पार्किङको समस्या , बाटोमा जथाभावी निर्माण समाग्री थन्काइएकोले हिडडुल गर्न हुने समस्याको समाधानका लागी के कति काम गरेको विषयमा प्रश्न गरेका थिए ।

सो प्रश्नको जवाफमा प्रशासकीय अधिकृतले छाडा चौपाया समस्या समाधान गर्न प्रायस गरेतापनि यो ठुलो समस्याको रुपमा रहेको हुँदा हाल सम्म समाधान हुन नसकेको र प्रयास जारी नै रहेको बताएका थिए । यस्तै मेयर पौडेलले तौलिहवा स्थित नापी र माल कार्यलय नजिक रहेको सार्बजनिक पोखरीलाइ पटान गर्दै यथासिघ्र गाडी पार्किङ स्थलको निर्माण गरिने , मालपोत कार्यालय सेरोफेरो र जिल्ला प्रशासन कार्यालयको सेरोफेरोमा यथासिघ्र सार्बजनिक शौचालय समेत निर्माण गरिने बताएका थिए । पौडेलले तौलिहवा बजार क्षेत्रमा जथाभावी बाटोमा निर्माण समाग्री थन्काउन रोक लगाउने र बजार क्षेत्रमा पार्किङ समस्या समाधान गर्ने विकल्प बारे छलफल भैरहेको समेत बताएका छन् ।

कार्यक्रम नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यको अध्यक्षता र मेयर सुदिप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पालिकाका जनप्रतिनिधि , कर्मचारी , पत्रकार र स्थानीय बासीको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रमका आध्यक्ष बज्राचार्यले सर्बजनिक सुनुवाइ कार्यक्रम मार्फत जनताको गुनासो सुनि जनप्रतिनिधि , कार्मचारिले कार्यशैली र कार्ययोजनामा सुधार गर्दै पालिकाको सेवासुबिधालाइ थप गुणस्तरीय बनाउन मद्दत पुग्ने अपेक्षा गरेको वताउदै कार्यक्रमको समापन गरेका थिए ।
यसैगरी यस सार्बजनिक सुनुवाइ लगायत अन्य ठाउँमा हुने सार्बजनिक सुनुवाइमा युवा लगायत आम जनताको उपस्थिति अलिक निराशाजनक समेत देखिएको छ ।
