सञ्चार क्षेत्रलाई मयार्दित बन्नु पर्दछ – मुख्यमन्त्री केसी

0
Quantam abroad studies

बुटवल , असार २८
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले सञ्चार क्षेत्र सरकार र जनताको बीचमा पुलको काम गर्ने बलियो संस्था भएकाले गर्दा सञ्चार क्षेत्रलाई सधै मयार्दित बनाउनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो:–“जनताको जीवनलाई सुमधुर र समृद्ध बनाउन निकै महत्वपूर्ण भूमिका रहेको छ त्यसैले सधै सञ्चार कर्मलाई मर्यादित बनाउुन पर्दछ ।” यस्तो विचार लुम्बिनी प्रदेश सरकारद्वारा पत्रकार सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै बुटवलमा बताउनुभएको हो । सञ्चार माध्यम र सञ्चार कर्मीहरुले समाज परिवर्तनमा ठूलै योगदान गरेको स्मरण गराउँदै आगामी दिनमा पनि समाज परिवर्तनमा योगदान दिनहुन अपिल गर्नुभएको छ ।

प्रदेश सरकारले पत्रकारहरुलाई सम्मान गरी लोकप्रियता कमाउनु भन्दा पनि पत्रकारहरुले गरेको कामलाई सम्मान गरेको बताउँदै आगामी दिनमा पनि लुम्बिनी प्रदेश सरकारले जनताका लागि गरेका कामलाई सूचूचित गर्न समेत आग्रह गर्नुभयो । लुम्बिनी प्रदेश सरकारले जनताको जीवनस्तरलाई माथी उठाउनको लागि निरन्तर लागि रहेकोले गर्दा त्यसलाई प्रदेशभित्रका सञ्चारकर्मीहरु पनि सरकारका जनमुखि कार्यलाई जनतासमक्ष पुर्‍याई दिनका लागि अनुरोध छ ।
आन्तरिक मालिा तथा सञ्चार मन्त्रालले सूचना प्रकाशित गरी निवेदन पेश गर्न अनुरोध गरेको थियो । त्यसबाट अग्रज पत्रकारिता पुरस्कारबाट मनोरान्त विन्दु चौहान, अग्रज खिमानन्द भट्टराई, सिर्जशील पत्रकारिता पुरस्कारबाट सन्जु पौडेल, दिलाराम भुसाल, प्रेम विक सम्मानित हुनुभएको छ ।

sahani furniture udyog

पत्रम कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले सञ्चार क्षेत्रले आफ्नो कर्म गर्दा संघीयतालाई बलियो बनाउने गरी लाग्नका लागी अनुरोध गर्नुभयो ।

कार्यक्रममा कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, प्रमुख सचिव डिल्लीराम शर्मा, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय सचिव दिपक नेपाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष बसन्त गिरी लगायतको आतिथ्यता रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.