चैनपुरकाे किराना पसलमा ताल्चा तोडि चाेरी

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
सदरमुकाम चैनपुरमा दिनानुदिन चाेरीका घटनाहरु बढ्दै छन । बझाङकाे सदरमुकाम चैनपुर सानाे शहरको रुपमा हेरिन्छ तर याहाँ प्रत्येक दिन चाेरीका घट्नाहरु बढ्दै गएको पाईन्छन ।

हिजाे राति मात्र जयपृथ्वी नगरपालिका वडा नम्बर १० मा पर्ने किरण किराना पसलमा चाेरी भएको छ । जिल्ला अदालत अगाडि रहेको यस किराना पसलमा चाेरी हुदा नगद ५० हजार बढी र रिचार्ज गरि झण्डै १ लाखको हाराहारीमा चाेरी भएको साउजी डम्बरबहादुर सिँहले बताए ।

sahani furniture udyog

उहाँले भन्नू भयाे, हिजो अस्ति विक्रि भएको सबै पैशा यसै गल्लामा राखेको थिए, रिचार्ज पनि थिए सबै चाेरले लगेकाे छन । अरु त्यस्तै हाे । अचम्म त याे छ कि जिल्ला अदालत अगाडि नै चाेरी हुनु अचम्मित कुरा भएको स्थानीयहरुकाे भनाइ छ । चाेरले सरियाकाे रडले ताल्चा फुटाएकाे पाईन्छ । पैशा राख्ने गल्लाकाे पनि ताल्चा फुटाएकाे पाईएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.