बंगलादेशका पूर्वअन्तरिम सरकार प्रमुख युनुसलाई अमेरिकामा आतंकवादीको संज्ञा

0
Quantam abroad studies

काठमाडौं, असोज २७

बंगलादेशका पूर्व अन्तरिम सरकार प्रमुख तथा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले अमेरिकामा विरोध प्रदर्शनको सामना गर्नुपरेको छ। 
न्यूयोर्कको जोन एफ केनेडीके विमानस्थलमा सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा केही बंगलादेशी प्रवासीहरूले उनलाई घेरेर नाराबाजी गर्दै आतंकवादी भनेका छन् ।

sahani furniture udyog


प्रदर्शनकारीहरूले उनलाई आतंकवादी भन्दै फिर्ता जान भनेका थिए । साथै, बंगलादेशमा हजारौं मानिसहरूको मृत्युको लागि जिम्मेवार भएको आरोप लगाए। प्रदर्शनकारीहरूले युनुसलाई सामूहिक गिरफ्तारी गर्ने र लोकतन्त्रलाई कमजोर पार्ने आरोप पनि लगाए। भिडियोमा युनुसलाई ह्वीलचेयरमा राखेर लगिएको देखिन्छ। 
रिपोर्टका अनुसार सुरक्षाको कारणले गर्दा उनलाई तुरुन्तै विमानस्थलबाट बाहिर निकालिएको थियो। घटनामा युनुस वा उनका प्रतिनिधिहरूबाट तत्काल कुनै टिप्पणी आएको छैन।


तीन वर्षअघि बंगलादेशमा जेनजी आन्दोलनपछि शेख हसिना जावेद सरकार अपदस्थ गरेपछि युनुस अन्तरिम सरकारका प्रमुख बनेका थिए । उनको कार्यकालमा हजारौं बंगलादेशी मारिएका थिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.