सामाजिक विकास कार्यालयकाे समिक्षा कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
सामाजिक विकास कार्यालय चैनपुर बझाङकाे समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

आज एक कार्यक्रमका विच समन्वय समिति बझाङकाे सभाहलमा अघिल्लो बर्षकाे समिक्षा तथा आर्थिक बर्ष २०७९/०८० काे वार्षिक कार्यक्रम तथा बजेट सम्वन्धि सराेकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको थियाे ।

सामाजिक विकास कार्यालयकाे आयाेजनामा सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समिति सँयाेजक नरबहादुर बाेहराकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि जयपृथ्वी नगरपालिका प्रमुख चेतराज वजाल रहनु भएको थियाे । मेयर वजालले शब्द बाचनद्वारा व्यानर उद्घघाटन गर्नु भएको थियाे । कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रम बारे प्रस्तुति सामाजिक विकास कार्यालय प्रमुख बिरबहादुर धामीले गर्नु भएको हाे ।

sahani furniture udyog

जिल्लामा रहेको सामाजिक विकास कार्यालयले विभिन्न स्थानीय तहमा विद्यालयका भवन पुस्तकालय,विभिन्न शिक्षा सम्वन्धि जनचेतनामूलक कार्यक्रम राेजगारी दिन सीप विकास तालीम लगाएत गर्नु भएको सेटेलाईट मार्फत प्रस्तुतिकरण गर्नु भएको थियाे । जसमा ४५२ वटा विद्यालयहरु रहेका छन । विद्यालयकाे भाैतिक सँग्रचना निर्माण गर्नेकाम गर्दै आएकाे पाईन्छ । जिल्लामा पुर्वका दिन भन्दा कार्यालय प्रमुख विरबहादुर धामी प्रमुख भएर आएपछि स्टमेट अनुसार काम हुन थालेको र शिक्षामा जाेड दिन राम्रो उत्कृष्ट भवन निर्माण गर्ने काममा ईन्जिनियर लगाएत कर्मचारी लागिपरेको बताए ।

अघिल्लो बर्ष ११ कराेड ९२ मा ११ कराेड ४० लाख खर्च भएको पाईन्छ । जसमा कार्यालयले भाैतिक प्रगति ९७ % सम्पन्न भएको बताएको छ । कार्यालयले कुनै कुनै विद्यालयमा राम्रो काम नगरेको भन्दै,राम्रो काम गर्न आग्रह गर्दै नराम्रो पैशा पचाउन बनाईएकाे भवन भत्किएको र नयाँ राम्रो भवन बनाउन लगाएको ईन्जिनियर यम रावतले बताए । कार्यालयमा बेरुजकाे अवस्था छैन । सामाजिक विकास कार्यालयले जिल्लामा धेरै राम्रो काम गरेको जनप्रतिनिधि र स्थानीयहरुकाे भनाइ रहेको छ ।

यस आर्थिक बर्षमा १८ कराेड २१ लाख बजेट रहेकाे छ । जसमा कार्यक्रम सञ्चालन कर्मचारी गाेविन्द्र सार्कीले गर्नुभएको हाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.