चुनावको मुखमा नेताकार्यकर्ताको पार्टी फेरबदल तिब्र एमालेमा सयौंले गरे प्रवेश

0
Quantam abroad studies

कपिलवस्तु , कार्तिक २०
आउदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन नजिकिदै गर्दा पार्टी फेरबदल गर्ने नेताकार्यकर्ताको संख्यामा तिब्रता देखिएको छ ।

यस्तै आइतबार दिउसो जनता समाजबादि पार्टीका नेताकार्यकर्तले नेकपा एमालेमा प्रवेश गरेका छन् ।
कपिलवस्तु नगरपालिका वडा नं.६ गोबरी निवासी जसपा केन्द्रीय सदस्य तथा महिला प्रदेश अध्यक्ष रहेकी गिता श्रीवास्तवले दर्जनौं कार्यकर्ता सहित पार्टी त्याग गरी नेकपा एमालेमा प्रबेश गरेकी छिन् । यस्तै कपिलवस्तु नगरपालिका वडा नं. ४ मा जसपाबाट वडा अध्यक्ष उमेदवार रहेका दिपक मिश्र ( बब्बु ) पनि जसपा त्याग गरी सयौं कार्यकर्ता सहित नेकपा एमालेमा प्रवेश गरेका छन्। यस्तै सोही वडामा जसपाबाट वडा सदस्य उम्मेदवार संगीत जयसवालले समेत एमाले प्रवेश गरेकि छन् ।

sahani furniture udyog

यसैगरी कपिलवस्तु नगरपालिका वडा नं. ४ मा नेकपा माओवादीबाट वडा अध्यक्ष उमेदवार रहेका राजेश चौधरी समेत सयौं कार्यकर्ता सहित माओवादी त्याग गरी समेत एमालेमा प्रवेश गरेका छन्।

यि सबै नेताकार्यकर्तालाइ कपिलवस्तु क्षेत्र नं.२ का एमालेबाट प्रतिनिधिसभा उम्मेदवार पुर्ब मन्त्री ब्रिजेश गुप्ता र प्रदेश सभा उम्मेदवार पुर्ब मन्त्री धर्म बहादुरलाल श्रीवास्तवले अबिर लगाउदै पार्टी प्रवेश गराएका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.