करिब १३ करोडको आय ब्याय सहित कपिलवस्तु इन्टीग्रेटेड डेभलपमेन्ट सर्भिसेजको सामाजिक परिक्षण सम्पन्न

0
Quantam abroad studies

कपिलवस्तु – कपिलवस्तु इन्टीग्रेटेड डेभलपमेन्ट सर्भिसेजको सामाजिक परिक्षण कार्यक्रम आज तौलिहवामा सम्पन्न भएको छ । बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहकार्यमा के.आई.डि.एस. संस्थाले संचालन गरेको कार्यक्रमहरुको संस्थाले अधिकारवाला तथा सरोकारवालाहरुको बिचमा सामाजिक परिक्षण गराएको हो ।
संस्थाले लुम्बिनी र कर्णली प्रदेशको १३ वटा जिल्लाहरुमा संचालन गरेको ६ वटा कार्यक्रमहरुले आर्थिक बर्ष ०७८÷०७९ मा पारेका प्रभाव , प्रगती र चुनौतीको बिषयमा प्रस्तुतीकरण गरेको थियो ।

कार्यक्रममा कपिलवस्तु नगरपालिका, महराजगंज नगरपालिका , शुद्धोधन गाउँपालिका , मायादेबी गाउँपालिकाका प्रमुख तथगा उप प्रमुख र स्वास्थय शाखा प्रमुखको उपस्थितीको साथै कार्यक्रम संग सम्बन्धित अन्य लाभान्वित बर्गहरुको समेत उपस्थिती रहेको थियो । संस्थाले महिला स्वास्थ्य ,युवा तथा किशो किशोरी ,राष्ट्रिय क्षय रोग ,आप्रवासी तथा उनीहरुको दम्पत्तीहरुलाई केन्द्रित एच .आइ.भी. कार्यक्रम , केभिड कार्यक्रम लगायतका कार्यक्रमहरु संचालन गरेको छ । कार्यक्रममा उपस्थित अधिकारवाला तथा सरोकारवालाहरुले कार्यक्रमको प्रसंसा गरेका थिए । संस्थाले ल्याएका कार्यक्रमहरु लच्छित बर्ग सम्म पुगेको कुरा युवा गायत्री कश्यप र हरिकला बेलवासे ले बताउनु भएको छ ।

sahani furniture udyog

संस्थाका कार्यवाहक अध्यक्ष राम बिनोग चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समिती कपिलवस्तुका संयोजक बाबुराम आचार्यको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण गैर सरकारी संस्था महासंघ कपिलवस्तु शाखाका अध्यक्ष प्रबिण कुमार श्रीवास्तवले गर्नु भएको थियो भने । कार्यक्रमको उद्धेश्यमाथी संस्थाका कार्यकारी निर्देशक कृष्ण कुमार द्धबेदीले प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन कमला शुक्लाले गर्नु भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.