भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागी अख्तियार दुरुपयोग आयोग शुद्धोधनमा

0
Quantam abroad studies

प्रभुनाथ गुप्ता , माघ १९
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा भष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलकाे आयाेजनामा उपसचिव जयराम श्रेष्ठकाे अध्यक्षता तथा शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चाैधरीकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा शुद्धोधन गाउपालिकाका जनप्रतिनिधीहरु, विषयगत शाखाका कर्मचारीहरु, पालिका भित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, उपभोक्ता समितिका पदाधिकारीहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष कमलेश शरण चाैधरीले स्थानीय सरकारको सुशासन प्रबर्धन गर्न यस प्रकारको अन्तरक्रिया कार्यक्रमले सहयोग पुग्ने बताउदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरु राष्ट्रप्रति जिम्मेवार भई नैतिक दायित्व वहन गर्दै सदैव सुशासन, पारदर्शीका साथै नियमको परिधिमा रही काम गर्नु पर्ने बताएका थिए । भ्रष्टाचारले मानिसको इज्जत तबाह हुने र राष्ट्रको लगानी दुरुपयोग हुने भएकोले सजग हुनुपर्ने बताउनु उनले थपे । भ्रष्टाचार राेक्न सरोकारवालाका साथै सबै नागरिक समाज लाग्नुपर्ने आग्रह समेत चौधरीले बताए।

sahani furniture udyog

कार्यक्रममा सहभागिताहरूले आ- आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुझाव समेत दिएका थिए । यस्तै सहभागीबाट उठेका विभिन्न प्रश्नहरुकाे जवाफ अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलकाे उपसचिव जयराम श्रेष्ठले दिएका थिए । यसैगरी कार्यक्रमको विषयवस्तु उपर प्रस्तुतिकरण गोकर्ण राज घिमिरेले गरेका थिए ।

कार्यक्रममा भ्रष्टाचारकाको अवधारणा, भ्रष्टाचारको कारण, भ्रष्टाचार कसूर ठहरिदा हुने सजाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्य गर्ने शैली, भ्रष्टाचार सम्बन्धी विश्व र नेपालको अवस्था, भ्रष्टाचारको प्रवृत्ति, भ्रष्टचार सम्बन्धी भ्रम र वास्तविकता लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा पालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिदेव अर्याल लगायतले आफ्नाे सान्दर्भिक भनाइ राखेका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.