नि:शुल्क आँखा चेकजाँच शिविर संचालन पाँच सय बढी लाभान्वित

0
Quantam abroad studies

जितेन्द्र पुरी , माघ २१
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ३ मा एक दिने अँखा चेकजाँच शिविर संचालन भएको छ ।

वडा नं. ३ को सिकोटवा गाउँमा रहेको मदरसा सुन्नत ए इस्लामीय शिव प्राथमिक बिधालयमा एक दिने आँखा चेकजाँच शिविर सञ्चालन भएको थियो । कपिलवस्तु नगरपालिका र वडा नं. ३ को आर्थिक सहयोगमा आसा जीवनको ब्यवस्थापन र नेपाल नेत्र ज्योति संघ तौलिहवाको आयोजनामा आँखा शिविर सञ्चालन भएको थियो ।

सो शिविरम वडा नं. ३ र वरिपरि गाउँका मानिसहरुको आँखा चेकजाँच गरि निशुल्क अौषधी बितरण गरिएको स्थानीय समाज सेवी हबुल दर्जीले बताउनुभयो। उहाँले सो शिविरबाट पाँच सय बढिले लाभ लिएको समेत बताउनुभयो । यस्तै शिविरमा चेकजाँच गर्दा मोतियाबिन्दुको बिरामी देखिए चाडैं निशुल्क सल्यक्रिया गर्ने ब्यवस्था समेत हुने आसा जिवनका संयोजक प्रशान्त कार्कीले बताउनुभयो ।

sahani furniture udyog

यसैगरी शिविर उदघाटान कार्यक्रममा प्रशान्त कार्कीको अध्यक्ष , कपिलवस्तु नगरपालिका प्रमुख सुदीप पौडेल प्रमुख अतिथि र वडा नं. ३ का वडा अध्यक्ष रुद्र बहादुर गैरे ( प्रकाश गैरे ) बिशिस्ट अतिथि लगायत समाजको उपस्थितिमा शिविरको शुभार्मभ गरिएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.