समग्र क्षेत्रको उत्थान‌ गर्न राजनीतिमा आएकाे हाे : सांसद फारुकी

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु
नेकपा एमालेबाट निवार्चित समानुपातिक प्रतिनिधि सभा सदस्य सेराज‌ अहमद फारुकीले कपिलवस्तु क्षेत्र नम्बर ३ काे समग्र विकास गर्नका लागि राजनीतिमा आएको बताएका छन् ।

उनले जिल्लाकाे एक मुख्य व्यापारिक केन्द्र कृष्णनगर बजार दिन‌दिनै पछाडी पर्दै‌ गएको बताउँदै यस क्षेत्रको चाैतर्फी विकास गर्न आवश्यक रहेकाे बताए । शनिबार आफ्नो निवासमा नव वर्षकाे अवसरमा आफ्ना शुभचिन्तक, जनतासँग शुभकामना आदानप्रदान कार्यक्रममा सांसद फारुकीले यस्तो बताएका हुन् । उनले जनमतको कदर गर्दै शिक्षा, स्वास्थ्य, कृषि र सिँचाइमा आवश्यक पहल गर्ने बताए ।

अधिकांश जनता कृषि पेसामा निर्भर रहेकाेले केन्द्र, प्रदेश‌ र स्थानीय तहसँग समन्वय गरि अगाडी बढ्ने उनकाे भनाइ छ । वर्षाैदेखि पछाडी परेको कृष्णनगर नगर‌ क्षेत्रलाई नेपालको नमुना क्षेत्रकाे रुपमा पहिचान दिलाउन पहल गर्ने उनले जिकिर गरे । जनताकाे मनाेभावना अनुसार अहाेरात्र खटेर काम गर्ने सांसद फारुकीले प्रतिवद्धतासमेत जनाए ।

कृष्णनगरमा पुस्तौँ देखि सामाजिक सद्भाव कायम गरि हरेक समुदायका जनता बसोबास गरि एक अर्काको सुख दुखमा सहभागी हुँदै छन् । यो परम्परा रितिरिवाजलाई कायम गरि आपसमा मेलमिलापकाे साथै यस क्षेत्रकाे विकासका लागि सबैले लाग्नु पर्नेमा उनले जाेड दिए ।

sahani furniture udyog

प्रतिनिधि सभा सदस्य मंगल‌ प्रसाद गुप्ताले आफु नि:स्वार्थ निष्पक्ष राजनीति गर्दै आएको बताउँदै भ्रष्टाचार नगर्ने, भ्रष्टाचार हुन पनि नदिने भन्दै जनताले दिएको मतको सम्मान बताए । उनले जनताको‌ बीच रही जनताका मुल समस्यालाई नियालेर समाधान गर्ने बताए । यस क्षेत्रकाे विकासका लागि शिक्षा र कृषिमा लगानी गर्न आवश्यक रहेको बताउँदै संसदमा सरकारलाई ध्यानाकर्षणसमेत गराएको उनले बताए ।

कार्यक्रममा मुस्लिम आयोग सदस्य मिर्जा अरशद बेग, लुम्बिनी प्रदेश खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव जक्की अहमद अंसारी, लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मंत्रालयका सचिव लालबाबु कवारी, नेपाली कांग्रेसका अकिल मियां, जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, नेकपा एमालेका शिव प्रसाद जयसवाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.