प्याब्सन कृष्णनगर द्वारा SEE का विद्यार्थीलाई सम्मानित

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता, कपिलवस्तु, अषाढ ३१
प्याब्सन कृष्णनगरले सिईईमा उकृष्ट नतिजा प्राप्त गरेका विद्यार्थी लाई सम्मान गरेको छ ।

शनिवार सेन्टज्यूड्स इंग्लिश सेकेण्डरी स्कूलमा एक कार्यक्रमका बिच बिद्यार्थीहरुलाई सम्मान गरिएको हो। कृष्णनगर क्षेत्रका पचास बढी विद्यार्थी लाई सम्मान गरिएको थियो। विद्यार्थीहरूलाई खादा माला लगाई सम्मान गरि कोसेली समेत प्रदान गरिएको प्याब्सन नगर समिति कृष्णनगरका अध्यक्ष तब्सीर अहमद जानकारी दिनुभयो।

विद्यार्थीहरु देशको कर्णधार रहेको कार्यक्रमका प्रमुख अतिथि एवम कपिलवस्तु प्याबसनका जिल्ला बरिष्ठ उपाध्यक्ष धिरेन्द्र सिंहले बताउनुभयो। विद्यार्थीको रूचि, क्षमता अनुसार आगामी शैक्षिक यात्रामा अभिभावकको भूमिका महत्वपूर्ण रहने सिंह बताए। सिईईमा उतीर्ण विद्यार्थीहरूको उज्जवल भविष्यको कामना गर्दै कृष्णनगरको नाम उच्च राख्न समेत विद्यार्थीहरूमा अनुरोध गर्नुभएको थियो।

sahani furniture udyog

सो कार्यक्रममा समाजसेवी सुसिल श्रीवास्तव, सुनिल सिंह, मोहम्द मुस्लिम, ज्योतिर मय श्रीवास्तव, आलोक ओझा, राजन मौर्या ,अभिभावक लगायत विद्यार्थीहरूको उपस्थित थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.