
अजय सहानी , साउन २३
दाङ जिल्लाको गढवा गाउँपालिका -१ मा कुलपानी हरित पार्क अवस्थित छ । अहिले यस पार्कलाइ आन्तरिक पर्यटकले रुचाउने गरेका छन् । हाल यहाँ पर्यटकको संख्या राम्रै देख्न सकिन्छ । प्राय पर्यटक घुम्न , पिकनिक र पार्कमा रहेको मन्दिरमा धार्मिक प्रयोजनका लागी समेत आउने गरेका छन् ।
पर्यटक आएसंगै यस क्षेत्रमा रोजगारको संभावना बढेको छ । यसै क्रममा यहाँका स्थानीय दुइ युवाले यस पार्कलाइ आफ्नो कर्म थलो बनाउदै स्वरोजगार भएका छन् । ति मध्ये एक हुन् गढवा गाउँपालिका – ३ का २० बर्षिय दिपक चौधरी । चौधरी १० कक्षा सम्मको शिक्षा हासिल गरेका छन् । अहिले चौधरी बिहान ९ बजे पछि साझसम्म कुलपानी हरित पार्कमा क्यामराका साथ भेटिन्छन् । चौधरीले क्यामरालाइ आफ्नो आम्दानीको मुख्य स्रोत बनाएका छन् । पार्कमा आउने पर्यटकको DSLR क्यामराले तस्बिर खिचि राम्रो आम्दानी गर्ने गरेका छन् । उनले एउटा फोटो खिचे बाफत २० रुपैया लिने गरेको बताउँछन् । चौधरीले बताए अनुसार उनले हप्ताको ६ दिन १०० देखी १५० फोटो खिच्ने गरेका छन् । शनिबार भने बिदाको अवसरमा पर्यटकको चाप बढे संगै ४०० देखि ५०० सम्म फोटो खिच्ने गरेको बताउँछन् । चौधरीले साउन १ गते ८७७ फोटो खिचेको दाबी गर्दै पर्यटकको फोटो खिच्दै राम्रो आम्दानी गरेको बताउँछन् ।

चौधरीले आफु मनकामना मन्दिर घुम्न गएको बेला त्यहाँको फोटोग्राफरलाइ देखेर फोटोग्राफर बन्ने आइडिया आएको बताउँछन् । आफ्नै गाउँ ठाउँमा पर्क बन्दा पर्यटक आउन थालेपछि उनलाई फोटोग्राफीलाइ आफ्नो पेशाको रुपमा अंगाल्न झन सजिलो भएको बताए ।

यसैगरी त्यस पार्कमा देउखुरीका २४ बर्षिय लोकबहादुर घर्ती मगर समेत पर्यटकको फोटो खिच्ने काम गर्दै आइरहेका छन् । उनले यसै पेशाबाट जिविकोपार्जन गरिरहेका बताए । मगरले दिनको एक हजार देखि पन्द्र सय रुपैया कमाउने गरएको बताउँछन् । शनिबार वा अन्य बिदाका दिन मगरले तिन हजार देखी पैतिस सय सम्म समेत कमाउने गरेको बताउँछन् । मगरले चाडपर्वका बेला आफुहरुलाइ फोटो खिच्न भ्याइनभ्याई हुने र मनग्य आम्दानी हुने गरेको समेत बताए ।

यि दुइ युवा नयाँ पिढिका लागी राम्रो उदाहरण बनेका छन् । काम गर्न चाहनेले कुनै न कुनै बिक्लप निकाली स्वरोजगार समेत हुने सक्छन् भन्ने मान्यतालाइ सत्य बनाएका छन् ।
