राजनीतिको नाउँमा छाडा चौपायाको प्रयोग बन्द गरौं – नगरप्रमुख

0
Quantam abroad studies

एस एम न्युज , कपिलवस्तु
जिल्लाको कृष्णनगरमा पुष २४ गते केहि ब्यक्तिको समुहले पालिकाको प्रागणमा छाडा चौपायाको समुहलाइ छिराइ पालिकामा ताल्चा लगाउने प्रयास गरेका थिए। सोही घटनाका सन्दर्भमा कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले उक्त घटना फोहोरी राजनीतिको उपज रहेको बताउदै राजनीतिको नाउँमा छाडा चौपायाको प्रयोग नगर्न अनुरोध गर्नु भएको छ ।

बुधबार कृष्णनगर नगरपालिकाले प्रेस बिज्ञप्ति जारी गर्दै छाडा चौपाया सम्पुर्ण तराईका जिल्लाको ठुलो समस्याको रुपमा रहेको बताइएको छ । पुष २४ गते भएको घटनामा राजनीतिको नाउँमा छाडा चौपाया प्रयोग गर्न चौपायालाइ कुटपिट गरि ल्याइएको र सोही कारण गर्भवती गाइको गर्भ तुहिन गएको उल्लेख गरिएको छ । नियतबस कार्यालयको कामकाज ठप्प पार्ने उद्देश्यले उक्त घटना घटाइएको र लाठी ल्याएर गाली गलोज , अभद्र ब्यवहार गर्दै पालिकाको कर्मचारीलाइ तर्साउने काम गरिएको समेत प्रेस बिज्ञप्तिमा आरोप लगाइएको छ ।

पालिकाले छाडा चौपायाको ब्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै पालिकाको समन्वयमा प्रक्रिया अगाडी बढाइएको समेत जानकारी गराएको छ ।आगामी दिनहरुमा छाडा छौपायाको दीर्घकालीन समस्या समाधान तर्फ नगरपालिकाले पहलकदमी गरिरहेको जानकारी गराउँदै यस्ता गम्भिर प्रकृतिका निन्दनीय कार्य गर्न कोही कसैको बहकावमा नआउन र सम्यमता आपनाउन समेत नगरपालिले सम्पूर्ण नगरबासीहरुलाई अनुरोध गरेको छ । यस्तै पुष २४ मा भएको घटनाको विषयमा नगर कार्यपालिकाको आकस्मिक बैठक बसी कार्यबाही लागि निर्णय समेत गरेको र उक्त घटना घटाउने व्यक्तिहरु उपर कडा कार्यबाही गर्न, शान्ति सुरक्षा, सुव्यवस्था कायम गरी नगरपालिकालाई काम गर्ने बातावरण सिर्जना गरिदिन सम्बधित निकायमा कार्यबाहीको लागि उजुरी दिने कुरा समेत प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

sahani furniture udyog

बुधबार पालिकाको कार्यालयमा पत्रकारको उपस्थितिमा कृष्णनगर नगरपालिकाको नगर प्रवक्ता हरिपाल चतुर्बेदिले पढेर सुनाइ प्रेस बिज्ञप्ति जारी गर्नु भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.